काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंहले खीर दिवश सांस्कृतिक महत्त्वसँग जोडिएको बताएका छन् । उनले दुग्ध उत्पादनमा वृद्धि गर्दै आत्मनिर्भर बन्नुपर्ने बताए । खीर खाने संस्कृतिमा जोड दिनुपर्ने भन्दै उनले बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका(पशुपन्छीतर्फ) सचिव डा. दीपककुमार खरालले दुग्ध पदार्थको र खीर दिवशको महत्त्वका बिषयमा प्रचारप्रसार गर्ने दिनका रुपमा औंल्याए । दुग्ध उत्पादन सँगै गुणस्तर, मात्रा, प्रविधिको प्रयोग र विविधिकरणमा जोड दिनुपर्ने बताए । स्कुल, कलेजमा दिवा खाजाका रुपमा पनि दुग्ध पदार्थको प्रयोगमा जोड दिनुपर्ने बताए । दुग्ध उत्पादन वृद्धिमा प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए । बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले केही समयमै नेपाल दूध उत्पादनमा आत्मनिर्भर हुने बताए ।
पोषिलो खीर, स्वस्थ शरीर भन्ने नाराका साथ खीर दिवश मनाइएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा भएणको कार्यक्रममा निजि क्षेत्रका डेरी व्यवसायी, दुग्ध व्यवसायी र विभिन्न निकायका सरकारी कर्मचारीको समेत सहभागी थियोे ।