काठमाडौं । कृषि सामग्री कम्पनीले झन्डै १८ हजार टन युरिया मल ग्लोबल टेण्डरमार्फत खरिद गरि नेपाल भित्र्याएको छ । हालसम्म ७ हजार ६५० टन युरिया मल बिराटनगर र १० हजार टन युरिया मल कम्पनीको बीरगन्ज गोदाममा भित्रिएको हो । यसअघि कम्पनीले ३० हजार मेट्रिक टन मल खरिद गर्न ग्लोबल टेण्डर गरेको थियो ।
इजिप्टबाट ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन कलकत्ताबाट एक हप्ताभित्र नेपाल आइसक्ने कम्पनीका निमित्त प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार, ग्लोबल टेण्डरकै २० हजार मेट्रिक टन डीएपी मल जोर्डनबाट कलकत्ता आइसकेको छ । साउन मसान्तसम्म डीएपी मल पनि कलकत्ताबाट नेपाल आइसक्ने उनले जानकारी दिए । ३० हजार मेट्रिक टन मल ठेक्का लगाएपछि छोटा समयमै ल्याउन सकिएको उनले बताए ।
‘३० हजार टन युरिया मल ठेक्का लागेपछि २७ दिनमै ल्याउन सफल भयौं’ उनले भने, ‘कम्पनीको अहिलेको व्यवस्थापनले समयमै मल ल्याउन पहल गरिरहेको छ ।