काठमाडौं । हालसम्म देशभर करिब ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । साउन २० गतेसम्म सातवटै प्रदेशको विवरणअनुसार ९० प्रतिशत रोपाइँ सकिएको कृषि विभागले जनाएको हो ।
साउन २० गतेसम्म, प्रदेश नम्बर १ मा ८८ प्रतिशत र मधेस प्रदेशमा मधेश प्रदेशमा ८९ प्रतिशत, बागमती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९६ प्रतिशत, लुम्बिनी प्रदेशमा ८५ प्रतिशत, कर्णाली प्रदेशमा ७८ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ९९.२ प्रतिशत रोपाइँ सकिएको विभागले जनाएको हो । गत वर्ष यसै समयमा ९५ प्रतिशत रोपाइँ सकिएको पनि विभागले जनाएको छ ।
कर्णाली, लुम्बिनी र प्रदेश नम्बर २ र मधेस प्रदेशमा अझै केही ठाउँमा रोपाइँ बाँकी रहेको र साउन मसान्तसम्म रोपाइँ हुने हुँदा यसवर्ष सतप्रतिशत रोपाइँ हुने विभागमा महानिर्देशक डा. रेवतीरमण पौडेलले जानकारी दिए ।