मुक्तिनाथ कृषि कम्पनीको समन्वयमा ‘एक स्थानीय संरचना, एक कृषि परियोजना’ कार्यक्रम माथि छलफल

२०७९ श्रावण २४ गते प्रकाशित

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको समन्वयमा ‘एक स्थानीय संरचना, एक कृषि परियोजना’ कार्यक्रमको बृहत छलफल कास्कीको स्यांग्जामा सम्पन्न भएको छ ।

प्रत्येक स्थानीय तहको हावापानी, भूगोल, कृषी सम्भावना र क्षमता अनुरुपको छुट्टाछुट्टै परियोजना निर्माण गर्ने र कृषि मूल्य शृंखलाका सबै स्टेकहोल्डर एकै स्थानमा जोड्ने हेतुले मुक्तिनाथ कृषि कम्पनीको समन्वयमा उक्त कार्यक्रम भएको हो ।

मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले अध्यक्षता गरेको उक्त कार्यक्रको प्रमुख अतिथि जिल्ला समन्वय समिति स्यांग्जाका प्रमुख प्रसाद जि.टि थिए । स्थानीय तह, निजि कम्पनि, सहकारी र किसानहरुलाई संगै समेटेर बृहत परियोजना निर्माण गर्ने योजना अनुरुप कार्यक्रमको आयोजना गरिएको र सबै स्थानीय तहको सहकार्यमा देशैभर विस्तार गर्ने योजना रहेको छ ।

स्यांग्जा जिल्ला भरका स्थानीयतहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु, कृषि समूहका प्रमुखहरु, पत्रकारहरु साथै कृषिसंग सम्बन्धित भिभिन्न व्यक्तिहरुको उपस्थतिमा कार्यक्रमको औचित्य र महत्वको बारेमा कम्पनीको तर्फबाट ‘एक स्थानीय तह, परियोजना’ संयोजक केशवराज लम्सालले प्रस्ट्याएका थिए भने कार्यक्रमको संचालन मुक्तिनाथ कृषी कम्पनि गण्डकी प्रदेश, क्षेत्रिय प्रबन्धकले गरेका थिए ।