कृषि अभियान्ता डा. कृष्ण पौडेलले चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने

२०७९ श्रावण २९ गते प्रकाशित

काठमाडौं । आगामी मंरि ४ गते हुने संघीय निर्वाचनका लागि कृषि अभियान्ता डा. कृष्ण पौडेलले चितवन क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिने भएका छन् । शनिबार चितवनमा पत्रकार सम्मेलन गर्दै पौडेलले आउँदो संघीय चुनावमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

समाजको खेती प्रणाली, माटो, खाना, चुलिँदो आयात, वैदेशिक पलायन रोक्न अब राजनीतिक हस्तक्षेप आवश्यक रहेको र नेतृत्वमै पुग्नुपर्ने भएकाले आफुले उम्मेद्वारी दिएको उनले बताए । नेतृत्वमा पुग्ने व्यक्ति कसैले पनि खाना र खेतीपातीका मुद्धा नउठाएकाले आफैंले नेतृत्व गर्नुपर्छ भनेर लागेको उनले बताए ।

उमेरले झन्डै ६० वर्ष पुगेको पौडेल बामपन्थी आस्था र बिचार राख्छन् । टिकट पाए नेकपा एमालेबाट र नभए ‘स्वतन्त्र’ उम्मेद्वारी दिने उनको योजना छ ।

विगत लामो समयदेखि कृषिक्षेत्र अध्ययन र अनुभव बटुलेका पौडेलले खाद्य शुरक्षा, खाना र खेतीपातीको संरक्षणमा बहस तथा पैरवी गर्दै आएका छन् । रसायन र बिषादीको प्रयोग घटाउँदै अग्र्यानिक र प्रांगारिक खेतीमार्फत माटोको संरक्षणमा उनले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । पौडेल हाल खानका लागि खेतीपाती अभियानका संयोजक समेत हुन्