पशु स्वास्थ्य विधेयकमा जायज मागहरु नसमेटेको भन्दै भेटेनरी एशोसिएसन आन्दोलित

२०७९ भाद्र १ गते प्रकाशित

काठमाडौं । विवादित बिषयहरु सम्बोधन नगरी पशु स्वास्थ्य विधेयक पारित गरिएको भन्दै भेटेनरी एशोसिएसनले चरणबद्ध आन्दोलन गर्ने भएको छ । प्रतिनिधि सभामा विधेयक पारित भएसँगै एशोसिएसनले विज्ञप्ती जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

पशु स्वास्थ्य जस्तो गम्भीर बिषयमा विज्ञ र प्राविधिक बीच सामान्य भिन्नता नदेखिने गरी गरी र प्रतिनिधि सभामा सांसदहरुले राखेका सुझावलाई वेवास्ता गरी विधेयक पारित गरिएको भन्दै एशोसिएसनले विरोध जनाएको छ ।
जायज मागहरुलाई नजरअन्दाज गरी संसदमा विधेयक पेश गर्ने क्रममा पद मर्याादाको समेत ख्याल नगरी पशु चिकित्सकहरुलाई शहर केन्द्रीत भनी तथ्यहीन आरोप लगाएकोमा एशोसिएसनले दुःख व्यक्त गरेको छ ।
विधेयक पारित भए पनि राष्ट्रिय सभाबाट सच्याइ आफ्ना जायज माग पूरा गर्नुपर्ने एशोसिएनले आग्रह गरेको छ । एशोसिएनले आफ्ना मुद्धाहरुलाई नसमेटेको दाबी गर्दै चरणबद्ध आन्दोलनको समेत घोषणा गरेको छ ।
जसअन्र्तगत, भदौ १ गने कालोपट्टी बाँधेर विरोध जनाउने, भदौ २ गते कार्यस्थलमा पेन डाउन, कामकाज बन्द गर्ने, भदौ ३,४,५ गते अत्यावश्यक बाहेक उपचार सेवा बन्द गर्ने , अनिश्चितकालीन एक दिन चल्लाबाहेक पशुपन्छी स्वास्थ्य प्रमाणपत्र जारी नगर्ने, भदौ ६ गते काठमाडौं केन्द्रीत भेला गर्ने र भदौ ७ गते काठमाठौंमा विशेष साधारणसभा गर्ने एशोसिएनले जनाएको छ ।

हेर्नुस, विज्ञप्ती