विद्युत खपत तीन गुणाले बढेको छ– कुलमान घिसिङ

२०७९ भाद्र १ गते प्रकाशित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत तीन गुणाले बढेको बताएका छन् । बुधबार आयोजित प्राधिकरणको ३७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले पाँच वर्षमा ३ गुणाले विद्युत खपत बढेको बताएका हुन् ।

घाटामा रहेको प्राधिकरणमा लैजान प्राधिकरणको आन्तरिक व्यवस्थापनबाट मात्र सम्भव भएको उनले बताए । उनले भने, ‘हिजो विद्युत प्राधिकरणमा घाटामा हुँदा तलब खान पनि ऋण लिनुपर्ने थियो । प्राधिकरणमा गर्ने कुनै पनि निर्णयको कार्यान्वयनमा आउँदैनथ्यो, प्राधिकरणमा घाटामा हुँदा केही निर्णय हुँदा अख्तियार र संसदीय समितिबाट चिठ्ठी आउँथ्यो ।’

विद्युत खपत बढाउनका लागि प्राधिकरणले धेरै ठाउँमा पूर्वाधार बनाइएको उनले बताए । ट्रान्समिसन लाइन र विद्युतीय सवारीको प्रयोग बढाउने विषय पनि उठाइएको छ । उनले भने, ‘प्रत्येक वर्ष २५ प्रतिशतसम्म खपत बढ्नु ऊर्जा क्षेत्रमा ठूलो प्रगति हो ।’

नेपाल विद्युत प्राधिकरणको नाफा बढेको छ । गत आर्थिक वर्षमा प्राधिकरणको नाफा बढेर १६ अर्ब रुपैयाँ पुगेको छ ।

पर्वत– जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको …