सरकारसँग १६ हजार ३ सय मेट्रिक टन मात्रै मल मौज्दात

२०७९ भाद्र ३ गते प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म १६ हजार ३ सय मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ । मन्त्रालयले अनुदानित मलको हालको अवस्थाबारे जानकारी दिँदै कृषि सामग्री कम्पनीसँग ८ हजार ३२८ मेट्रिक टन युरिया, २ हजार ४६१ मेट्रिक टन डीएपी र ५ हजार ५२८ मेट्रिक टन पोटास मौज्दात रहेको जनाएको छ ।

धानबालीको सिजनमा मलको चर्को अभाव भोगेको किसानलाइ आवश्यक पर्ने मल अझै पनि पुग्न सकेको छैन् । कम्पनीका अनुसार, ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन मलमध्ये १८ हजार ८५० मेट्रिक टन आपूर्ति भइसकेको छ भने बाँकी एक हप्ताभित्र नेपाल भित्रिइसक्ने मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, २० हजार मेट्रिक टन डीएपी मल कोलकत्ता बन्दरगाहमा आइसकेको र केही दिनभित्र नेपाल आपूर्ति हुन सुरु हुने मन्त्रालयले जनाएको छ ।

कम्पनीले खरिद गर्ने ३० हजार मेट्रिक टन युरियाको बोलपत्र सम्झौता भइ असोजसम्म नेपालमा प्राप्त हुन सुरु हुने मन्त्रालयले जनाएको छ । यता साल्ट्र ट्रेडिन कर्पोरेसनसँग २ हजार ८४३ मेट्रिक टन युरिया,३ हजार ६८० मेट्रिक टन डीएपी र २०७ मेट्रिक टन पोटास मौज्दात रहेको छ ।