काठमाडौं । केही दिन अघि मोटरसाइकल दुर्घटनामा घाइते भएका वरिष्ठ कृषि विज्ञ तेजबहादुर सुवेदीको आइसीयूमा उपचार सुरु भएको छ । मोटरसाइकल दुर्घटनाबाट उनको टाउकोमा गम्भीर चोट देखिएकाले आइसीयूमा उपचार गरिएको परिवार स्रोतले जनाएको छ । उनलाई भेन्टिलेटरको सहायताले श्वास प्रश्वास गराइएको अस्पताल स्रोतले जनाएको छ ।
नेपाल सरकारको सेवा अवकाश प्राप्त सहसचिव सुवेदीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा लामो समय सेवा गरे । यसअघि उनी लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी पूरा गरिसकेका छन भने हाल प्रमुख माटो विज्ञका रुपमा कार्यरत छन् ।