काठमाडौं । रासायनिक मल वितरणलाई पारदर्शी र समानरुपमा बिक्रि गर्त ‘ई बिडिङ’ प्रणाली लागू भएको छ । कुनै किसान मलबाट नठगिऊन र बिक्रिलाई थप पारदर्शीता अपनाउन डिजिटल वितरण प्रणाली लागू गरिएको हो । यो प्रणाली कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्तगतको कृषि सामग्री कम्पनीका सातवटै प्रदेशका प्रादेशिक कार्यालय र गोदाम तथा डिपोहरुमा लागू भएको हो ।
‘हामीले हालै ‘ई बिडिङ’ सिस्टम लागु गरेका छौं । यसले मल बिक्रिमा पूरै पारदर्शीता र किसान ठगिन पाउँदैनन्’ कृषि सामग्री कम्पनीका निमित्त प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्की भन्छन, ‘हाम्रो कार्यालयबाट कुन सहकारीले कति मल लग्यो र कुन स्थानीय तह वा पालिकामा कति मल गयो त्यसको विवरण हेर्न सकिन्छ ।’ सफ्वेयरमार्फत मल बिक्रिको विवरण अपडेट गरिन्छ र, त्यसको अनुमगन केन्द्रबाट तुरुन्त गर्न सकिने कार्कीले बताए ।
प्रादेशिक कार्यालयको बिक्रि तथा डिपोहरुले मल बिक्रि वितरणको विवरण अपडेट गर्नुपर्ने हुन्छ । मल परिचालन, प्राप्त र बिक्रि कति भयो भनेर निरन्तर अपडेट गर्नुपर्ने हुन्छ । विगतमा रासायनिक मल वितरणमा असमान्यजस्यता र पारदर्शीतामा माथि प्रश्न उठ्दै आएको थियो । ई बिडिङ प्रणाली लागू भएसँगै मल बिक्रि वितरणमा समानता र पूर्ण पारदर्शी हुने कार्कीको दाबी छ ।