‘पशु स्वास्थ्य विधेयक किसानमूखी छ, विरोध गर्नुको कुनै तुक छैन’

२०७९ भाद्र ५ गते प्रकाशित

काठमाडौं । पशु स्वास्थ्य विधेयक किसानको गुणस्तरीय सेवा प्रदानमा महत्वपूर्ण रहेको निजीक्षेत्रका सरोकारवालाहरुले बताएका छन् । आइतबार नेपाल पाराभेटेनरी एण्ड लाइभस्टक एशोसिएसन, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ र नेपाल एनिमल साइन्स एशोसिएसनले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक किसानमूखी रहेको र त्यसको विरोध गर्नुको कुनै तुक नरहेको बताएका छन् ।

यसअघि प्रतिनिधि सभाले पारित भएको विधेयकमाथि नेपाल भेटेनरी एशोसिएसनलगायतका निकायले विरोध गर्न थालेपछि तीनवटै निकायले संयुक्त पत्रकार सम्मेलन गर्दै विवादित विषयलाई स्पष्ट पारेका थिए ।

नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसनका अध्यक्ष रामप्रसाद मेहताले विधेयक रोक्ने गलत मनसायका साथ नेपाल भेटेनरी एशोसिएनले विरोध गरिरहेको बताए । विधेयक निर्माणका सबै सरोकारवाला निकाय र विज्ञको राय सुझाव समेटिएकाले अहिले विरोध गर्नुको कुनै तुक रहेको उनले बताए ।

विधेयकका बारेमा गरिएका अनर्गल प्रचार प्रसार गरेर विधेयक रोक्दै पशु चिकित्सा क्षेत्रलाई ट्रयाक बाहिर लैजाने खेल भएको उनले बताए । विधेयकलाई स्वीकृत गरी करिब ६० हजार भन्दा बढी पशु सेवाकर्मी प्राविधिक, प्राध्यापकहरु, अनुसन्धानकर्ताहरु, वैज्ञानिकहरु र विज्ञहरुले गर्ने कार्यलाई कानुनी दायरामा ल्याउने तथा देशकै समृद्धिमा सहयोग पुर्याउन सहयोग पुग्ने उनले बताए ।