काठमाडौं । यस वर्षको दशैंका लागि ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गरिने भएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खसीबोका र च्याङ्ग्रा खरिद गर्न ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको हो । खसीबोका विभिन्न जिल्लाबाट खरिद गर्ने प्रक्रिया अघि बढिरहेको कम्पनीले जनाएको छ ।
च्याङ्ग्रा भने हिमाली जिल्ला मनाङ र मुस्ताङबाट खरिद गरिने कम्पनीको आइतबार बसेको बैठकले निर्णय गरेको हो । दुई हजार खसी र एक हजार च्याङ्ग्रा खरिद गर्ने अनुमान गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।