काठमाडौं । राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगाल अस्पताल भर्ना भएका छन् । मुटुको शल्यक्रियाका लागि उनी गंगालाल हृदय केन्द्रमा भर्ना भएका हुन् । केही समयअघि उनको मुटुको भल्भमा समस्या देखिएपछि उक्त भल्भ फेर्न शल्यक्रिया नै गर्नुपर्ने भएको हो ।
उनको शल्यक्रिया नयाँ प्रविधि टीएभीआईको प्रयोग विधिबाट हुने अस्पताल स्रोतले जानकारी दिएको छ । यसअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा आयोगको अध्यक्षमा नियुक्त भएका दंगालले खासगरी कृषि र किसानसम्वन्धी देखिएका मुद्धालाई उठाएर त्यसको नीतिगत समाधानका लागि पहल गर्दै आएका छन् ।