काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्तगतका तीनजना सहसचिवको सरुवा भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहदेव प्रसाद हुमागार्इँ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशमा सरुवा भएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. हरिबहादुर केसी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तानिएका छन् ।
त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृष्णप्रसाद धिताल पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश नम्बर १ मा सरुवा भएको छ ।