काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्म ११५ व्यवसायिक फर्म तथा उद्योगविरुद्ध मुद्धा दायर गरेको छ । विभागले गरेको अनुगमनका क्रममा न्यून गुणस्तर र मापदण्डविपरीत चलेका त्यस्ता फर्म तथा व्यवसायलाई मुद्धा दायर गरेको हो ।
काठमाडौं उपत्यकासहितका बाहिरी जिल्लामा गरिएको अनुगमनमा ११५ वटा फर्म तथा व्यवसायले गुणस्तरको मापदण्ड पालन नगरेको पाएपछि विभागले सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेको हो ।
विभागले मुद्धा दायर गरेको फर्महरुको सूची यसप्रकार छ ।