काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९।०८० को लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को निर्णयबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको २०४ जनाको अधिकृत स्तरको अस्थायी दरबन्दी पनि स्विकृत गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा मातहतका निकायमा अस्थायी दरबन्दीका जनशक्ति परिचालन हुनेछ । यसअघि कर्मचारी र जनशक्ति अभावका कारण कृषि तथा पशुपन्छी विकास मनत्रालय र मातहतका निकायको कार्य सम्पादनमा समेत प्रभाव पर्दै आएको छ ।