चीनमा दोस्रो विश्व कालो चिया गुणस्तर मुल्यांकन प्रतियोगिता हुने, नेपाली चियाले प्रतिष्पर्धा गर्ने

२०७९ भाद्र ८ गते प्रकाशित

काठमाडौं । चीनको फुआन सहरमा दोस्रो विश्व कालो चिया गुणस्तर मुल्यांकन प्रतियोगिता हुने भएको छ । चिनिँया बजारमा कालो चियाको विविधता अभिवृद्धि गर्ने उद्धेश्यका साथ आउँदो सेक्टेम्बर २० र २१ तारिखमा चाइना टी मार्केटिङ एशोसिएसनको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

उक्त प्रतियोगितमा नेपाली कालो चियाले पनि प्रतिष्पर्धा गर्नेछ । उक्त प्रतियोगितामा सहभागीता जनाउन नेपाली चिया उत्पादनक÷व्यवसायीहरुले प्रत्येक नमुनाका लागि २५० ग्रामको ३ वटा प्याकेट गरी कुल ७५० ग्राम चियाको नमुना र विवरणसहितको रजिष्ट्रेसन फारम भर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आग्रह गरेको छ ।

बोर्डले सूचना प्रकाशित गरी आउँदो भदौ १९ गतेसम्ममा इच्छुक नेपाली चिया उत्पादक तथा व्यवसायीले चियाको नमुना र विवरण फारम पेश गर्न अनुरोध गरेको हो ।