पशु सेवा विभागको महानिर्देशकमा सम्झनाकुमारी काफ्ले नियुक्त, तिवारी मन्त्रालय तानिए

२०७९ भाद्र ९ गते प्रकाशित

काठमाडौं । पशु सेवा विभागको महानिर्देशकमा सम्झनाकुमारी काफ्ले नियुक्त भएकी छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव समेत रहेकी उनलाई विभागमा जिम्मेवारी दिइएको छ । यसअघि प्रदेश नम्बर २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिइसकेकी काफ्ले पछि मन्त्रालयमा सरुवा भएकी थिइन् ।

त्यस्तै, विभागको जिम्मेवारीमा रहेका डा. रामनन्दन तिवारीलाई मन्त्रालयमा तानिएको हो । केही हप्ताअघि विभाग परिशरमै सरकारी सवारी दुर्घटना गराएर राज्यकोषमा क्षति पुर्याएको खबर बाहिरिएको थियो भने विभागको नेतृत्वमा रहँदा देखिने काम नगरेको आरोप सँगै उनको सरुवा मन्त्रालयमा गरिएको बुझिएको छ ।

पर्वत– जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको …