वरिष्ठ कृषि विज्ञ तेजबहादुर सुवेदीको निधन

२०७९ भाद्र १२ गते प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहसचिवबाट सेवा निवृत्त भएका कृषि विज्ञ तेजबहादुर सुवेदीको निधन भएको छ । केही हप्ताअघि मोटरसाइकल दुर्घटनाबाट मस्तिष्क र टाउकोमा गम्भीर चोट लागि आइसीयूमा उपचार गरिरहेका सुवेदीको आइतबार निधन भएको हो ।

नेपाल सरकारको सेवा अवकाश प्राप्त सहसचिव सुवेदीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा लामो समय सेवा गरे । यसअघि उनी लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी पूरा गरिसकेका छन भने हाल प्रमुख माटो विज्ञका रुपमा कार्यरत छन् ।