काठमाडौं । माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्सद्धारा सञ्चालित मोको डिजिटल वालेटबीच कार्डमार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिकं गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् ।
ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिकं गरी मोबाईल टपअप, इन्टरनेटको, बिजुली ,खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।
यसैगरी, बैंकका ग्राहकहरुले मोकोमार्फत स्क्यान टू पे को माध्यमबाट १ हजार ५ सयभन्दा बढी विभिन्न मर्चेन्टहरूमार्फत कारोबार गरि रकम भुक्तानीसमेत गर्न सक्नेछन् ।