एकैपटक ८ वटा सहायक कम्पनी खोल्ने तयारीमा मुक्तिनाथ कृषि कम्पनी

२०७९ भाद्र १३ गते प्रकाशित

काठमाडौँ, १२ भदौ । मुक्तिनाथ कृषि कम्पनीले एकै पटक ८ वटा सहायक कम्पनी खोल्ने भएको छ । कम्पनीको उद्घाटन भदौ १४ गते एकै पटक हुनेछ।

उद्घाटन कार्यक्रम काठमाडौँको बसुन्धारास्थित इन्द्रेणी फुडल्यान्डमा हुनेछ। कम्पनीले बीउ, मल, नर्सरी, जडीबुटी, खाद्यान्न, एग्रो मेसिनरी, पशुपन्छी र ट्रेडिङ व्यवसायसँग सम्बन्धित ८ वटा सहायक कम्पनी सञ्चालनमा ल्याउन लागेको हो ।

मुक्तिनाथ कृषि कम्पनी एक निजी कम्पनी हो । बैङ्कको कुल पुँजीको २५ प्रतिशत लगानी मुक्तिनाथ कृषि कम्पनी तथा बाँकी सर्वसाधारणले लगानी गरेका छन् । मुक्तिनाथ कृषि कम्पनीका करिब एक सय ६० भन्दा बढी प्रोडक्ट छन् ।

जसमा, फार्म हाउस तथा कृषिका उपकरण, मलदेखि बीउ बिजनसम्म रहेको छ । कम्पनीले रासायनिक मल, बीउ बिजन तथा प्राविधिक सेवादेखि चार÷पाँच विधामा भने सशक्त रूपमा काम गरिरहेको छ ।