मुक्तिनाथ कृषि कम्पनीको चौथो वार्षिक समारोहः आठवटा सहायक कम्पनीको उद्घाटन

२०७९ भाद्र १४ गते प्रकाशित

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो वार्षिक समारोह सम्पन्न गरेको छ । उक्त समारोहमा कम्पनीले एकैपटक ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको हो। २०७५ सालमा स्थापना भएको यस कम्पनीले बीउ, मल, नर्सरी, जडीबुटी, खाद्यान्न, एग्रो मेसिनरी, पशुपन्छी र ट्रेडिङ व्यवसायसँग सम्बन्धित ८ वटा सहायक कम्पनीहरुको उद्घाटन गरेको हो ।

कृषिमा विशिष्टकृत वस्तु तथा सेवा प्रदान गरी समग्र कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने अभिप्रायले यी ८ वटा सहायक कम्पनीहरुको स्थापना गरिएको मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले बताए।

‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानमार्फत कृषि मूल्य शृंखलामा व्यवसापकीय भूमिका निर्वाह गरी नेपालको कृषि अर्थतन्त्रलाई सबल बनाउने अभिप्रायले मुक्तिनाथ कृषि कम्पनी स्थापना भएको ढकालले बताए।
कार्यक्रममा कम्पनीका अध्यक्ष भरत ढकाल, सञ्चालक समितिका सदस्य सितारााम काफ्ले, तुलसीराम ढकाल, प्रकाश श्रेष्ठ, मोहन कुमार बस्नेत, विजय कुमार गुरुङ र शिखा मास्के लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अध्यक्ष प्रधुमन पोखरेल तथा कम्पनी सचिव तथा नायव महाप्रवन्धक रामशरण तिमिल्सिनाले पनि आफ्नो भनाई राखेका थिए । कम्पनीको अवको दिनको रणनीति र योजनाकाबारे सचिव तिमिल्सिनाले प्रस्तुती दिएका थिए ।