जीटुजी विधिमार्फत मल ल्याउने जिम्मा कृषि सामग्री कम्पनीलाई, ५० पदको अस्थायी दरबन्दी स्वीकृत

२०७९ भाद्र १४ गते प्रकाशित

काठमाडौं । सरकारले नेपाल र भारत सरकार–सरकारबीच(जीटुजी) प्रावधानअन्तर्गत भारतबाट मल खरिद गर्न समझदारीपत्रको बाँकी अवधिको लागि पनि कृषि सामग्री कम्पनीलाई नै तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

त्यस्तै, उनले आर्थिक वर्ष २०७९र०८० को लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न आयोजनाहरुको लागि ५० राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको पनि उल्लेख गरे।