नेपाल बैंकबाट आइपीओ भर्दा सिआस्बा शुल्क नलाग्ने

२०७९ भाद्र १५ गते प्रकाशित

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकबाट आइपिओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्बा शुल्कमा पूरै छुट पाउने भएका छन् । सो बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरूले नेपाल बैंकबाट निःशुल्क रूपमा आइपिओ भर्न सक्नेछन् ।

हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिदसम्बन्धी सुविधा उपलब्ध गराएबापत बैंक तथा वित्तीय संस्थाले बढीमा ५ रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

सो बैंकको नेपालभर २ सय १९ शाखा, १ सय ८६ एटीएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको छ ।