काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आज(बुधबार) देखि साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख ६८ हजार ५९० कित्ता सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ। यो मध्ये ५५ अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०।५ अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। कम्पनीका अनुसार भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ। यो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ।
लगानीकर्ताले सीआस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल तोकिएको छ।