काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव पशु स्वास्थ्य विधेयक संशोधन गरेर पारित गर्नुपर्ने पक्षमा उभिएका छन् । बिहीबार राष्ट्रिय सभामा विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावमाथि बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
विधेयकका केही बुँदामा त्रुटी रहेको भनेर सरोकारवाला निकाय मन्त्रालयमा आएको भन्दै त्यसलाई आवश्यक संशोधन गरेर पारित गर्नुपर्ने उनले बताए । विधेयकलाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा लगेर दफाबार छलफल गरी आवश्यक संशोधनसहित पारित गर्नुपर्ने कृषिमन्त्रीको भनाई थियो ।
‘केही बुँदामा त्रुटी रहेको भनी अहिले पनि सरोकारवालाहरु र बिभिन्न पक्षहरु म कहाँ र मन्त्रालयमा पनि आइराखेका छन् । त्यो अझ समृद्ध गर्नुपर्छ, नेपाल सरकार विधेयकमा आवश्यक संशोधन सहमत छ ।’ सांसदहरुले उठाएको प्रश्नमा मन्त्रीले भने ।
त्यस्तै, उनले विधेयकमाथि उठेका प्रश्नमा सरकार गम्भिर भएको भन्दै मन्त्री सिंहले भने, ‘माननीय ज्युहरुको जुन सुझाव आएको छ त्यसमा सरकार गम्भीर छ । विधायन व्यवस्थापन समितिमा गएर छलफल गरेर विधेयकमा रहेका कन्फ्युजनहरु दुर ग¥यो भने ठिकै होला ।’
राष्ट्रिय सभामा कतिपय सांसदहरुले विधेयकमाथि प्रश्न गर्दै आवश्यक संशोधन गरेर मात्र पारित गर्नुपर्ने विषय उठाएका थिए । यसअघि नेपाल भेटेनरी एशोसिएनलगायतका संघसंस्थाहरुले पनि विधेयक हुबहु पारित नगरी आवश्यक संशोधन गर्नुपर्ने माग राख्दै आएका थिए ।