चाडपर्वलक्षित सहुलियत मूल्य पसल असोज १ गतेदेखि खुल्ने

२०७९ भाद्र १७ गते प्रकाशित

काठमाडौं । सरकारले चार्डपर्वलक्षित सहुलियत मूल्य पसल आउँदो असोज १ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा सहुलियत पसल सञ्चालन गर्ने भएको हो ।

दसैँ, तिहार र छठलाई लक्षित पसल असोज १ देखि कात्तिक १५ गतेसम्म संचालन हुने छ । उक्त पसलबाट उपभोक्तले सहज र सहुलियत दर उपभोग्य वस्तु पाउने छन् ।

चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडी लगायत खाद्यमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी ७ रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । यो छुट रकम गत वर्ष भन्दा प्रतिकिलो २ रुपैयाँ कम हो ।

काठमाडौं उपत्यकामा चार ठाउँहरु रामशाहपथ, नख्खु र थापाथली र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुने छन् । कम्पनीले हाल बासमती चामल प्रतिकिलो एक सय १० रुपैयाँमा बिक्री गरिरहेको छ । जिरा मसिनो चामल हाल प्रतिकिलो ६८ रुपैयाँमा बिक्री भइरहेकोमा सहुलियत दिँदा ६१ रुपैयाँ पर्नेछ ।

त्यस्तै, खानेतेलको मूल्यमा पनि प्रतिलिटर सात रुपैयाँ सहुलियत दिइने कम्पनीले जनाएको छ । तेलको मूल्य भने ब्रान्डअनुसार फरक–फरक परे पनि सबै प्रकारका तेललाई सात रुपैयाँ छुट दिइएको छ ।

चितवन। चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम …