काठमाडौं । आगामी असोजदेखि सेयर बजार कारोबार नहुनेभ भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को आइतबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीका अनुसार नियामक निकायको सुझाव, लगानीकर्ताको माग र नेप्सेको कारोबार प्रणालीको मर्मत–सम्भार गर्नुपर्ने भएको कारणले शुक्रबार सेयर कारोबार बन्द गर्ने निर्णय भएको बताउनु भएको छ ।
असोजदेखि पुरानो व्यवस्था अनुसार सातामा ५ दिन (आइतबार देखि बिहीबार) मात्र सेयर कारोबार हुने बताईएको छ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा गरेपछि गत जेठदेखि नेप्सेले पनि आइतबारको सेयर कारोबार बन्द गरेर शुक्रबार खोलेको र पछि सरकारले आइतबारको बिदा खारेज गरे पनि सेयर कारोबार शुक्रबार पनि भइरहेको भए पनि अहिले सेयर लगानीकर्ताको चर्को बिरोध र दबाबका बीच शुक्रबारको सेयर कारोबार असोजबाट बन्द गरिने बताइएको छ ।
हाल सातामा ६ दिन (आइतबार देखि शुक्रबार) सेयर कारोबार हुँदै आएकोमा असोजको पहिलो शुक्रबारदेखि नै सेयर कारोबार बन्द हुने र पुरानो व्यवस्था अनुसार सातामा ५ दिन ९आइतबार देखि बिहीबार० मात्र सेयर कारोबार हुने बताईएको छ ।