काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओको प्रि अलोटमेन्ट बिहीबार सम्पन्न गरीएको र आज आफ्नै कार्यालयमा बिहान १० बजे आइपीओ बाँडफाँट भएको हो ।
कम्पनीले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । सीडीएस एन्ड क्लियरिङको तथ्यांक अनुसार भदौ १२ गते साँझ ५ बजेसम्म १८ लाख ५० हजार १३२ जना आवेदनबाट २ करोड ४ लाख २२ हजार ४०० कित्ता शेयर माग भएको थियो ।
मागभन्दा निकै धेरै आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथा मार्फत बाँडफाँट भएको छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा १२ हजार ३४० जना आवेदकले मात्र १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी आवेदकको हात खाली भएको छ ।