दसैंको मुखमै बजारमा दूध अभावः डेरी उद्योग धराशायी, झोल दूधको आयात खोल्नुपर्ने माग

२०७९ भाद्र २४ गते प्रकाशित

काठमाडौ । पछिल्लो समय बजारमा झोल दूधको अभावले निजीक्षेत्रका डेरी उद्योगहरु धराशायी हुन थालेका छन् । जसका कारण दूग्ध विकास संस्थान(डीडीसी) र निजी डेरी उद्योगले लगभग ४० प्रतिशत सम्म विक्रि वितरण कटौती गर्नुपर्ने बताएका छन् ।

विगत दुई वर्ष लामो कोभिड महामारीलगायतका कारणले दाना, चोकर र पशु आहार आदीको अभावका कारण दूध उत्पादन मागअनुसार हुन नसकेपछि बजारमा कच्चा दूधको अभाव देखिन थालेको व्यवसायीको दाबी छ ।

डेरी उद्योग संघले एक विज्ञप्ती जारी गर्दै कोभिड महामारी लगायतका कारणले दूध उत्पादनमा कमी आएकाले सरकारी र निजी डेरी उद्योगले ४० प्रतिशतसम्म विक्रि वितरण कटौती गर्नुपरेको बताएको छ । त्यस्तै, संघले लिन सिजन(कृषकस्तरमा कच्चा दूध कम हुने याम) आन्तरिक बजार धान्न भारतबाट झोल दूध आयात गरी उद्योग सञ्चालन गर्न पाउँ भनि पटक पटक ध्यानाकर्षण गराएको थियो । तर, हालसम्म पनि सरकारबाट झोल दूध आयातका लागि कुनै पहल नगर्दा निजी डेरी उद्योग धराशायी हुँदै गएको जनाएको छ ।

कच्चा दूधको अभाव एक दुइ वर्ष कायम रहेन हुँदा दीर्घकालीन रुपमा दूध उत्पादन बढाउने कार्यक्रम अघि बढाउन संघले आग्रह गरेको छ । ‘मुख्य व्यापार हुने चाडपर्व एवं दशैं तिहारमा औद्योगिक कच्चा पदार्थको अभावमा डेरी उद्योग नै बन्द गर्नुपर्ने स्थिति आएकाले केही समयका लागि तत्काल झोल दूध आयात गरी ल्याउन दिन र कच्चा दूधको अभाव एक दुइ वर्ष सम्म कायम रहने देखिएकाले दीर्घकालीन रुपमा दूध उत्पादन बढाउने कार्यक्रम ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभाग समक्ष जोडदार माग गर्दछौं ।’ संघका अध्यक्ष राजकुमार दाहालद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

हेर्नुस, विज्ञप्ती