काठमाडौं । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि औजार कारखाना स्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गर्दै कृषि औजार कारखाना स्थापना डीपीआर निर्माणका लागि प्रस्ताव माग गरेको छ ।
मन्त्रालयले ३५ दिने सूचना जारी गर्दै आव २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सहकारी/निजीक्षेत्रबाट कृषि औजार कारखाना स्थापनाको विस्तृत परियोजना डीपीआर निर्माणका लागि प्रस्ताव मागेको हो ।
साझेदारीमा कृषि औजार कारखाना स्थापना कार्यविधि २०७६ अनुसार प्रदेश सरकारको ३० प्रतिशत र सहकारी वा निजीक्षेत्रबाट ७० प्रतिशत लागत साझेदारी गर्नुपर्नेछ ।