मेरो बीमा र सिजी मोटर्सबीच व्यवसायिक साझेदारी गर्ने सहमति

२०७९ भाद्र २७ गते प्रकाशित

काठमाडौं । मेरो बीमा र सिजी मोटर्सबीच व्यावसायीक प्रवर्धनमा सहमति भएको छ । सहमति अनुसार मेरो बीमाको तर्फबाट कार्यकारी आधिकृत शंकर बहादुर घिमिरेले हस्ताक्षर गरेका छन भने सिजी मोटर्सको तर्फबाट कार्यकारी आधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका हुन्।

उक्त कार्यक्रममा सिजी मोटर्स मार्फत् हुने सम्पूर्ण किसिमका बीमाहरुको सेवा मेरो बीमाले दिने त्यसै गरि मेरो बीमाले प्रयोग गर्ने कार भेकल्स सिजी मोटर्सको नेटा भी ब्राण्डको रुपमा प्रयोग गर्ने गरि दुई पक्ष बीच सम्झौता भएको छ । यी बिभिन्न सेवाहरु लागू हुने गरि सिजी मोटर्स र मेरो बीमा बीच व्यवसायिक साझेदारी भएको हो ।

इलेक्ट्रिक कारहरुको क्षेत्रमा आक्रामक मार्केटिङ्ग शैलीमा अगाडि बढेको सिजी मोटर्स र बीमा क्षेत्रमा क्रान्ति गरि बीमाको छेत्रमा अग्रसिल भई स्थापित भएको मेरो बीमाले गरेको यस सम्झौताले दुवै कम्पनीलाई आफ्नो ब्राण्डको भ्यालुमा अझै अगाडी बढाउन कोसेढुङ्गा सावित हुने विश्वास रहेको मेरो बीमाका प्रमूख कार्यकारी अधिकृत शंकर बहादुर घिमिरेले बताए।

उक्त कार्यक्रममा मेरो बीमाको तर्फबाट महाप्रबन्धक सोविता बुढाथोकी त्यस्तै गरेर नायव महाप्रबन्धक सविन भट्टराईको समेत उपस्थिती रहेको थियो ।