काठमाडौ । सरकारले राष्ट्रिय मत्स्य विकास नीति २०७९ स्वीकृत गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति पारित गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारीसमा उक्त नीति संसदमा पेश भएको थियो । लामो समयदेखि संसदमा पेश भएको उक्त नीति पारित भएपछि समग्र मत्स्य क्षेत्रको विकास र नियमन हुने अपेक्षा गरिएको छ ।
मन्त्रालयले मत्स्य विकास नीति २०७३ लाई संशोधनसहित उक्त प्रस्ताव संसदमा लगेको थियो ।