सानिमा इक्विटी फन्डले २२ प्रतिशत लाभांश दिने

२०७९ भाद्र २८ गते प्रकाशित

काठमाडौं । सानिमा इक्विटी फन्डले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले कोष प्रवर्द्धन तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्ड (साफी) नामक योजनाको गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सो लाभांश वितरण गर्ने भएको हो ।

कम्पनी सञ्चालक समितिको सोमबार दिउँसो ४ बजे बसेको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल १ अर्ब ३० करोड रुपैयाँ बराबरको योजना आकारको २२ प्रतिशत अर्थात् २८ करोड ६० लाख रुपैयाँ लाभांश प्रस्ताव गरिएको छ । लाभांश नगदमा वितरण गरिने बैंकले जनाएको छ ।