काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०७९ संशोधनसहित पारित भएको छ । यसअघि प्रतिनिधि सभाबाट सन्देशसहित राष्ट्रिय सभामा प्रस्तुत उक्त विधेयक संशोधनसहित पारित भएको हो । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा लगेर पशु स्वास्थ्य पशु पशु सेवा विधेयक २०७६ संशोधन गरी प्रतिवेदनसहित ऐन पारित भएको हो ।
यसअघि उक्त विधेयक संशोधन गरेर मात्र पारित गरिनुपर्ने कतिपय चिकित्सकहरुले दबाब दिँदै आएका थिए । यसैबीच नेपाल भेटेनरी एशोसिएसनले संशोधनसहित राष्ट्रिय सभाबाट पारित भएको स्वगत गरेको छ । एशोसिएनका अध्यक्ष शितकाजीद्धारा जारी विज्ञप्तीमा सम्पूर्ण विषयवस्तु राष्ट्रिय सभाको विधायन समितिमा दफाबार छलफलका क्रममा सच्याएको हुनाले सरकारलाई धन्यबाद दिएको छ ।