काठमाडौं । कृषि विकास बैंक लि.संचालक समितिको सदस्यमा सुमन दाहाल नियूक्त भएका छन् । २०७९ असोज ०६ गतेको नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा सुमन दाहाल मनोनयन भएका हुन् । नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय संघियता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य सुमन दाहाललाई बैंक संचालक समिति बैठक नं.९८३ का अध्यक्ष डा.राजेन्द्र प्रसाद मिश्रले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, श्री हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।