१५ औं गोदावरी पुष्प मेला कात्तिक ३ गतेदेखि हुने

२०७९ आश्विन २६ गते प्रकाशित

काठमाडौं । १५ औँ गोदावरी पुष्प मेला आउँदो कात्तिक ३ गतेदेखि ६ गतेसम्म हुने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान) ले जनाएको छ ।

ललितपुरको जावलाखेल मैदानमा हुने मेलाले पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबर्द्धनमा सघाउ पुर्याउने एशोसिएसनले जनाएको छ । पुष्प मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर,ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन्।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहनेछ । पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैचा सजाउन चाहने, फूल बिरुवा प्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहनेहरु सबैको निम्ति मेला उपयोगी हुने छ ।

पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धी सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने छ । मेला प्रवेशका लागि सय रुपैयाँ लाग्ने छ भने विद्यार्थीका लागि ५० रुपैयाँ लाग्ने छ ।