काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० बाट अधिवक्ता तिलक बहादुर रिजालले उम्मेद्वारी दिएका छन् । स्वतन्त्र युवा उम्मेद्वारका रुपमा रिजालले सो क्षेत्रबाट चुना लड्ने भएका हुन् । बागलुङ जन्मथलो भइ काठमाडौं क्षेत्र नम्बर १० बाट स्वतन्त्र उम्मेद्वारी दिएका उनले निर्वाचन आयोगका क्रस खुकुरी चुनाव चिह्न समेत पाइसकेका छन् ।
दल र पार्टी प्रति त्यस क्षेत्रका जनताको धेरै नै वितृष्णा भएकाले आफुले नै समाजसेवा गर्नुपर्छ भनेर उम्मेद्वारी दिएको उनले बताए । अध्ययनले बि.ए/बि.एल/एम गरिरहेका रिजाल न्याय र कानुनका विद्यार्थी समेत हुन् । आफुले त्यसक्षेत्रका जनताको सेवा गर्ने हेतुले स्वतन्त्र रुपमा चुनावमा उठेकाले चुनाव जित्ने बताए ।
यसैबीच, उम्मेदवार रिजालले २२ बुँदे चुनावी घोषणापत्र समेत सार्वजनिक गरेका छन् ।