नेपालको खाद्य प्रणाली र खाद्य सम्प्रभुता बिषयक अन्तक्रिया सम्पन्न

२०७९ आश्विन ३० गते प्रकाशित

काठमाडौं । ४२ औं विश्व खाद्य दिवशका अववसरमा नेपालको खाद्य प्रणाली र खाद्य सम्प्रभुता बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल किसान महासंघसहित चार संस्थाको आयोजनामा उक्त अन्र्तक्रिया कार्यक्रम काठमाडौंमा आइतबार सम्पन्न भयो ।

सो अवसरमा नेपालको खाद्य प्रणाली र कृषिको अवस्थाबारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै कृषि विभागका उप–महानिर्देशक हरिबहादुर केसीले विश्व परिवेशमा नेपाल भोकमरीमा धेरै नै सुधार आएको बताए । उनले आम्दानी बढेअनुसार उपभोक्तामा खानेबानीमा परिवर्तन आएको भन्दै उनले खाद्य प्रणालीमा केही नीतिगत समस्या रहेको बताए ।

उनले खेतीयोग्य जमिन बाँझो हुँदै गएको प्रति सरकार गम्भीर हुनुपर्ने र यसले खाद्य उत्पादनमा समेत असर पुगेको बताए । बाँझो जमिन राख्नेलाई कारबाही र जरिवाना लगाउने नीति व्यवहारीक नरहेको भन्दै उनले समग्र कृषि उत्पादन बढाउन किसानको उत्पादनले बजार पाउनुपर्ने बताए ।

उक्त कार्यक्रममा महासंघ अध्यक्ष तथा राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालले पनि अब खाद प्रणाली स्थानीय खाद्य प्रणालीमा जोड दिँदै माटोको पुर्नतार्जगीमा गरेर लैजानुपर्ने बताए । उनले वास्तविक र साना किसानको पहुँचमा अनुदान र प्रविधि पुर्याउन सकेमा मात्र उत्पादन वृद्धि हुने बताए ।

कार्यक्रममा दक्षिण एसियाली गरिबी निवारण मञ्चका तर्फबाट नेत्र तिमल्सिना, सिंचाई उपभोक्ता मञ्चका सम्भु दुलाल र मानव अधिकार एलाइन्सका विदुर सुवेदीलगायतले आफ्नो मन्तव्य राखेका थिए ।