काठमाडौं । नेपालमा पुष्प व्यवसाय आत्मनिर्भरउन्मुख हुँदै गएको छ । कोरोना महामारीका बेला खुम्चिएको पुष्प व्यवसायको बजार विस्तारै पुरानै लयमा फर्किन थालेको पुष्प व्यवसायीले बताएका छन् । कोरोना कहर विस्तारै मथ्थय हुँदै गएपछि सभा, समारोह, कार्यक्रम पनि हुन थाले । त्यस्ता कार्यक्रममा स्वदेशी फुलको खपत बढ्न थालेको व्यवसायीको भनाई छ ।
कोभिडका बेला फुलको माग घटे पनि यस वर्षदेखि भने फुलेको व्यवसाय पुरानै लयमा फर्किन थालेको बताउँछन, फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)का अध्यक्ष मिनबहादुर तामाङ । उनका अनुसार, पुष्प व्यवसाय आन्तमनिर्भरउन्मुख रहेको छ । कुल खपतको ९/१० प्रतिशत मात्र फुल बाहिरबाट आयात हुने गरे पनि ९१ प्रतिशत फुलको माग स्वदेशी उत्पादनले नै धान्ने गरेको उनको भनाइ छ । प्रत्येक वर्ष १० देखि १२ प्रतिशत फुलको माग बढेको बताउँदै उनले यस क्षेत्रमा साढे ६ अर्ब लगानी भइसकेको बताए ।
हाल ४८ जिल्लामा लगभग १७८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानले जनाएको छ गरिरहेका छन । ७३२ भन्दा बढि पुष्प व्यवसायीहरु यस व्यवसायमा संलग्न छन।
आर्थिक वर्ष २०७७/७८ मा बर्षै भरी कोभिड–१९ को कहर रहेका कारण भएको निषेधाज्ञाले गर्दा व्यवसायीक कारोबारमा कमी आई रु। १ अर्व ६३ करोडको मात्र कारोबार भएको थियो । तर, बजारीकरणमा सुधार आई अघिल्लो वर्षको वार्षिक कारोबार तुलानामा करिब ३० प्रतिशतले बृद्धि भई रु २ अर्व ३० करोडको हाराहारीमा कारोबार भएको अध्यक्ष तामाङले बताए।
त्यस्तै, आव ०७८/७९ मा पुष्प तथा पुष्पजन्य बस्तुको निर्यात तर्फ रु ९८.६० लाख र आयात तर्फ ३६.०५३५ करोड बराबरको कारोबार भएको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४३ हजार ५०० भन्दा बढी जनशक्तिहरु रोजगार÷आश्रीत रहेकोमा कोभिड–१९ कारण १० प्रतिशत भन्दा बढिले रोजगारी गुमाई हाल ३९ हजार १०० को हाराहारीमा रोजगार रहेको एसोसिएशनको तथ्यांक छ ।
तिहारका लागि २२ लाख माला
यस वर्षको तिहारका लागि करिब २२ लाख मालाको खपत हुने फ्यानले जनाएको छ । खासगरी, सयपत्री मालाको कारोबार बढी हुने गर्छ भने मखमली र गोदाबरी फुलको माग पनि उत्तिकै हुन्छ । यस वर्षको तिहारमा २० लाख सयपत्री फुलको माला, २ लाख मखमली फुलको माला र २५ हजार मखमली फुलको मालाको खपत हुने एशोसिएसनले जनाएको छ ।
त्यस्तै, एक लाख मखमलीको माला निर्यात समेत हुने फ्यानले जनाएको छ । यसैबीच, तिहार नजिकिँएसँगै पुष्प व्यवसायको प्रवद्र्धन गर्न आउँदो कात्तिक ३ गतेदेखि ६ गतेसम्म १४ औं गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी समेत आयोजना गर्दैछ ।