गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी आजदेखि सुरु

२०७९ कार्तिक ३ गते प्रकाशित

काठमाडौं । १५ औंै गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी आजदेखि आजदेखि सुरु भएको छ। नेपाल फ्लोरिकल्चर एशोसिएसन(फ्यान) र पुष्प प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा हुने फुलको प्रदर्शनीको मूल नारा ‘रोपेर फुल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ रहेको छ ।

जावलाखेल खेल मैदानमा सुरु भएको प्रदर्शनी तीन दिनसम्म चल्नेछ। प्रदर्शनीमा ४९ औं व्यवसायिक स्टल, २ वटा प्रतियोगितात्मक स्टल र ४ वटा सूचनामूलक स्टल गरी ५५ वटा प्रदर्शनी कक्ष हुने फ्यानले जनाएको छ । हिन्दूहरुको महान चाड तिहार पर्व नजिकिँदै गर्दा घर आँगन बगैँचा सजाउन तथा स्वागत सत्कारम विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्ने उदेश्यका साथ प्रदर्शनीआयोजना गरिएको फ्यानले जनाएको छ ।

यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमसमेत रहेको छ । यसअन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ ।

गोदावरी फुलको प्रदर्शनीमा ३७ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने र ८० लाख सम्मको व्यवसायिक कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।