गोदावरी फुलको प्रदर्शनीको पहिलो दिन साढे १५ लाखको कारोबार

२०७९ कार्तिक ४ गते प्रकाशित

ललितपुर। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ विहीबारदेखि ललितपुरको जावलाखेल खेल मैदानमा गोदावरी पुष्प मेला सुरु भएको छ ।

गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ को उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा पुष्प व्यवसायको भविष्य उज्वल रहे पनि नीतिगत समस्याका कारण अपेक्षाअनुसार पुष्प क्षेत्रमा लगानी बढ्न नसकेको बताए ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी आयोजित मेलामा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी ५५ स्टल रहेको छ भने मेला चार दिनसम्म संचालन हुनेछ । फ्यानका महासचिव विश्वमणि पोखरेलका अनुसार हाल ४८ जिल्लामा लगभग एकसय ७८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय संचालन भइरहेको छ भने सातसय ३२ भन्दा बढी पुष्प व्यवसायी संलग्न रहेका छन् । पुष्प व्यवसायमा छ अर्बभन्दा बढी लगानी रहेको छ ।

आज पहिलो दिनको मेलामा साढे आठ हजार जनाले अवलोकन गरेको फ्यानका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए । मेलामा १५ लाख ५० हजारको कारोबार भएको छ ।

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …