मिठाइजन्य पदार्थमा अखाद्य रंगहरु प्रयोग नगर्न खाद्य विभागको आग्रह, अटेर गरे कारबाही

२०७९ कार्तिक ५ गते प्रकाशित

काठमाडौं । तिहारका बेला बजारमा पाइने खाद्य पदार्थमा अखाद्य र असर पुर्याउने रंगहरु प्रयोग नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आग्रह गरेको छ ।

विभागले सार्वजनिक सूचना जारी गर्दै तिहारमा मिठाइलगायतका खाद्य पदार्थ उत्पादन गर्ने खाद्य उत्पादकहरुले स्वीकृत गरिएका खाद्य रंगहरु तोकिएको मात्रा र तोकिएको विधिबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

विभागले स्वीकृत खाद्य रगहरुबाहेक अन्य अखाद्य रंगहरु प्रयोग नगर्न र सो गरेको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुने समेत चेतावनी दिएको छ।

हेर्नुस, सूचना