काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकबदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो सुदूर–पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायतदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली,लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडीभू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि संभावना रहेको छ।
त्यस्तै आज राती सुदूर(पश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक देखिसामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै ती प्रदेशका हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ।