काठमाडौँ — सरकारले आर्थिक वर्ष २०७९/८० को लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै धान मोटाको मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ तोकेको हो ।
त्यस्तै मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकिएको छ । सरकारले गत आर्थिक वर्ष २०७८÷७९ को लागि मोटा धानको न्यूनतम समर्थन मूल्य २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो ।
न्यूनतम समर्थन मूल्य अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट धान खरिद हुने मन्त्रालयले जनाएको छ । सरकारले हरे वर्ष धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।