सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय

२०७९ कार्तिक २७ गते प्रकाशित


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय तोकिएको छ । गत शुक्रबार प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको सुन आज प्रतितोला छ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार तीन सय तोकिएको महासङ्घले जनाएको छ ।