१८ औं राष्ट्रिय कफी दिवश आज

२०७९ मंसिर १ गते प्रकाशित

काठमाडौँ– आज मंसिर १ गते १८ औं राष्ट्रिय कफी दिवश मनाइँदैछ । ‘व्यवसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट’ भन्ने मूल नाराका साथ १८ औं कफी दिवश मनाइँदै छ ।

कफी उत्पादक किसान, स्टेट, प्रशोधक, बिक्रेता, कफी उपभोक्ता र कफीलाई माया गर्ने सबै नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा रहेको ‘राष्ट्रिय कफी दिवश’ मनाउन लागिएको हो ।

कफीसँग सरोकार राख्ने सबैल आ–आफ्नो ठाउँबाट हर्षोल्लासका साथ कफी दिवश मनाउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आग्रह गरेको छ ।

नेपाली चिया उत्पादक किसान, स्टेट, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता र चियालाई माया गर्ने सबै नेपालीलाई राष्ट्रिय चिया दिवशको अवसरमा शुभकामना दिँदै बोर्डका कार्यकारी निर्देशक डा। विष्णुप्रसाद भट्टराइले सरकारको सानो लगानीको क्षेत्र चिया निर्यातबाट राज्यले ठूलो आर्थिक योगदान पुर्याएको बताए ।

काठमाडौं–कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयकोको जिम्मेवारी सम्हालेको सय दिन पुगेको अवसरमा …