नवौं विश्व माटो दिवस आज

२०७९ मंसिर १९ गते प्रकाशित

काठमाडौँ– विश्व माटो दिवश आज मनाइँदैछ । स्वस्थ माटोको महत्व बारे जनचेतना जगाउन र माटोको उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाइन्छ।

सन् २००२ मा इन्टरनेसनल युनियन अफ सोइल साइन्सेजले माटो दिवस मनाउनलाई सिफारिस गरेको थियो। सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो।

नेपालले वि।सं। २०७२ साल ९सन् २०१५० देखि विश्व माटो दिवस मनाउँदै आएको छ। ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको शुरुवात’ भन्ने मूल नाराको भावलाई सार्थक पार्न नवौं विश्व माटो दिवस मनाउन लागिरहेका छ । कृषिका गतिविधि, खाद्य सुरक्षा, पोषण सुरक्षा र जलवायु संरक्षणको केन्द्रमा माटो रहेको छ। विश्व माटो दिवस कार्यक्रमले मानिसहरूलाई माटोको महत्वको जानकारी गराउँदै माटोको उचित व्यवस्थापन एवं संरक्षण गर्दै उर्वरा शक्ति वृद्धि गर्न जनचेतना बढाउन मद्दत गर्दछ।

माटो जीवनको मूल आधार हो । माटोको संरक्षण, सम्बर्धन र व्यवस्थापन बिना खाद्य तथा पोषण सुरक्षा, दिगो कृषि बिकास, जैबिक बिबिधता संरक्षण, प्राङगारीक कृषि लगायतका विषय सम्बन्धी बहशले सार्थकता पाउदैनन् । हाल नेपाल लगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दो छ । त्यसैले यो समस्यालाई विश्वको साझा समस्याको रुपमा लिन थालिएको छ र विश्वस्तर मै एकताबद्ध भएर सम्बोधन गर्न ब्यापक रुपमा जनचेतना अभिबृध्दि गर्ने मूल ध्येयका साथ संसार भरी विश्व माटो दिवस डिसेम्बर ५ का दिन मनाउने गरिएको हो ।

नवौं विश्व माटो दिवसको १९ गते प्रभातफेरी १० बजे देखि १ सम्मको कार्यक्रममा तीन कार्यपत्रहरु प्रस्तुत गरिने छ र चित्रकला प्रतियोगिताबाट छनोट भएका दुई उत्कृष्ट प्रतियोगीलाई पुरस्कार तथा प्रमाणपत्रबाट सम्मान गर्ने कार्यक्रम हुँदैछ । कृषि विभागको सभाहलमा मूल समारोहका साथ दिवश मनाउन लागिएको छ ।