काठमाडौँ–केन्द्रीय दूग्ध सहकारी संघ लिमिटेडको अध्यक्षमा अमरबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन् । पौष ३ र ४ गते सम्पन्न संघको २८ औं वार्षिक साधारण सभाबाट कुँवर निविरुोध निर्वाचित भएका हुन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा कृष्ण सापकोटा र महासचिवमा राम आचार्य निर्वाचित भएका हुन् । संंंघका निवर्तमान अध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।