एनएलएसआइपीको अनुदान सहयोगमा बटर भण्डारण कोल्ड स्टोर स्थापना

२०७९ पुष ७ गते प्रकाशित

काठमाडौँ । देशभरिका दुग्ध प्रशोधन उद्योगहरुको छाता संस्था डेरी उद्योग संघबाट नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको उत्पादन मुलक गठवन्धनमा आधारित अनुदान सहयोगमा दूध उत्पादक किसान र डेरी उद्यमीहरुको हितका लागि सामुहिक वटर भण्डार कोल्म रुम स्थापना स्थापना गर्ने उद्देश्यले चितवन मिल्कको प्राङगणमा सार्वजनिक सुनुवाई आयोजना गरिएको हो ।

बजारमा खपत हुन नसकेको दूध उठाई सो दूधबाट उत्पादन हुने धुलो दूध र मख्खन मध्य मख्खनको गुणस्तर कायम गराउन –१८ डिग्री से. मा भण्डारण गर्न आवश्यक हुन्छ । दूधको उत्पादन बढि हुने समय भाद्र देखि चैत्र सम्म बजारमा दूध विक्रि हुन नसकी खेर जाने दूधबाट बन्ने मख्खन भण्डार गरी वर्षायाममा बजारको माग अनुसार आपूर्ति गर्न करिव २०० मे.टन क्षमताको बटर भण्डारण कोल्ड स्टोर स्थापना भएको छ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग इकाईको ५० प्रतिशत पुरक अनुदान सहयोगमा देश भरिका दुग्ध प्रशोधन उद्योगहरुको छाता संस्था यस डेरी उद्योग संघले चितवन मिल्क लिमिटेड उपलब्ध गराएको कारखानाको हातामा कोल्ड स्टोर निर्माण भएको छ । पुरक अनुदानमा कोल्डरुम निर्माण गर्न गत आश्विनमा सम्झौता भई निर्माण शुरु गरिएको थियो ।

विगतमा कोल्डरुम अभाव थियो चितवन मिल्क, सुजल डेरी र डेरी उद्योगहरुमा जडित कोल्डरुम भरी भराउ हुदा काठमाडौ तथा हेटौडामा रहेका कोल्ड रुम भाडा लिई बटर भण्डारण गरीएको समय मै खाली ठाँउ नपाउदा निकै सास्ती खेप्नु परेको थियो ।

विगत २ वर्ष देखि हरेक १ करोड लि. भन्दा बढि दूध किसानबाट संकलन गरी धुलो दूध बटर बनाउदै आएकोमा कोल्ड रुम स्थापना भए पछि हरेक वर्ष थप ३० प्रतिशत अर्थात ३० लाख भन्दा बढि दूध संकलन गर्न सकिने छ । मिल्क हालिडे पूर्ण रुपमा अन्त गरि आयात प्रतिस्थापन गर्नुको साथै दुग्ध उत्पादक किसानको बजार सुनिश्चित गरिने छ ।

कोल्डरुम पछिका उपलब्धिहरु ः
-डेरीहरुले वार्षिक रुपमा कम्ती थप ४० लाख लि भन्दा बढि खरिद गर्न सकिने ।
-कच्चा दूधको बजार सुनिश्चि भई गाउँ गाउँमा दूध उत्पादनको माध्यमबाट किसानको बजार सुनिश्चित हुने ।
-दुग्ध उत्पादनको माध्यमबाट करिव ३,००० प्रत्यक्ष रोजगारी श्रृर्जना हुने ।